arin enterprises

पुनरागमन जितसँगै आर्सनल शीर्ष पाँचमा उक्लियो

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ फाल्गुण १३, शुक्रबार

इंग्लिस प्रिमियर लिगमा आर्सनल शीर्ष पाँचमा उक्लिएको छ ।

बिहीबार राति भएको खेलमा उल्भ्समाथि २–१ गोलले पुनरागमन जित निकाल्दै आर्सनल शीर्ष पाँचमा उक्लिएको हो ।

घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलको १० औँ मिनेटमा ह्वाङ्ग हि चानले गोल गर्दै उल्भ्सलाई अग्रता दिलाएको थियो ।

पहिलो हाफमा १–० ले पछि परेको आर्सनलको लागि ८२ औं मिनेटमा पेपेले गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलको इन्जुरी समयमा उल्भ्सका जोसे साले आत्मघाती गोल उपहार दिएपछि आर्सनल २–१ गोलले विजयी भयो ।

यस जितसँगै आर्सनलले २४ खेलमा ४५ अंक जोडेको छ । पराजित उल्भ्स ४० अंक जोडेर सातौं स्थानमा छ ।

चौथौँ स्थानको म्यान्चेष्टर युनाइटेडले ४६ अंक जोडेको छ । ५० अंकसहित चेल्सी तेस्रो स्थानमा छ ।

६३ अंकले म्यानचेष्टर सिटी शीर्ष स्थानमा रहँदा ६० अंकसहित लिभरपुल दोस्रो स्थानमा छ । 

Categorized in स्पाेर्ट्स