कांग्रेस र एमालेबीच बालकोटमा भएको बैठक बिना निष्कर्ष टुंगियो
SamacharDesk – Samachar Desk | २०७८ फाल्गुण १४, शनिबार

नेपाली कांग्रेस र प्रमुख विपक्षी दल नेकपा एमालेबीचको बैठक विना निष्कर्ष टुंगिएको छ ।
एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा भएको छलफल भर्खरै सकिएको हो । बैठकमा सहभागी सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार प्रतिनिधिसभाको अवरोध र अमेरिकी विकास परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीको विषयमा छलफल गर्दै बैठक सकिएको हो । लामो समय छलफल भए पनि निष्कर्षमा पुग्न नसकिएको उहाँको भनाइ छ।
त्यस्तै अर्का सहभागी सदस्य एमाले महासचिव शंकर पोखरेलले पुनः छलफल गर्नेगरी आजको छलफल टुंगिएको जानकारी दिनुभयो । दुवै पक्षले आआफ्ना कुरा राखेको र छलफल निष्कर्षमा नपुगेको उहाँको भनाइ छ। छलफललाई भने निरन्तरता दिने उहाँले बताउनुभयो।
छलफ लमा काँग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र सञ्चारमन्त्री कार्की सहभागी हुनुहुन्थ्यो। प्रतिपक्षी दल एमालेको तर्फबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव पोखरेल, उपमहासचिव विष्णु रिमाल छलफलमा सहभागी हुनुहुन्थ्यो।
Categorized in राजनीति