arin enterprises

मच्छिन्द्र क्लब बन्यो ‘ए’ डिभिजन विजेता

SamacharDesk – समाचारडेस्क | २०७८ फाल्गुण १४, शनिबार

लिगभर अपराजित रहँदै मच्छिन्द्र क्लब २०७८ को शहीद स्मारक ए डिभिजन लिगको विजेता बनेको छ । यससँगै क्लबले ७५ लाख रूपैयाँ धनराशिको पुरस्कार पनि हात पारेको छ ।

मच्छिन्द्रले शनिबारको खेलमा एपीएफलाई २–१ ले पराजित गरेपछि उसले उपाधि पक्का गरेको छ । काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको आजको खेलमा मच्छिन्द्रका लागि कार्यवाहक कप्तान अभिषेक गुरुङ र रेजित सुब्बाले गोल गरे । एपीएफका लागि प्रदीप लामाले बराबरी गोल फर्काएका थिए ।

यता एपीएफको भने ९ खेलको अपराजित यात्रा आज टुंगिएको छ ।

लिगभर अपराजित रहेर उपाधि उचाल्ने मच्छिन्द्र पाँचौँ क्लब हो । यसअघि एनआरटी, थ्रीस्टार, मनाङ मर्स्याङदी र नेपाल पुलिस क्लबले यस्तो सफलता पाइसकेको छ । 

तस्बीर– गोलनेपालको फेसबुक पेज

Categorized in स्पाेर्ट्स