लोरी सानेको गोलमा बायर्न म्युनिखको जित
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ फाल्गुण १५, आइतबार

जर्मनी बुन्डेसलिगाको शीर्ष स्थानको बायर्न म्युनिखले जित निकालेको छ ।
शनिबार राति भएको खेलमा फ्रान्कफुर्टलाई १–० गोलले हराउँदै बायर्नले जित निकालेको हो ।
बायर्नलाई जित दिलाउन ७१ औं मिनेटमा लोरी सानेले निर्णायक गोल गरे ।
यो जितसँगै बायर्नले २४ खेलमा ५८ अंक जोड्डै दोस्रो स्थानको बोरुसिया डर्टमण्ड माथि ९ अंकको अग्रता बनाएको छ ।
दोस्रो स्थानको डर्टमण्डको ४९ अंक छ ।
त्यस्तै फ्रान्कफुर्ट ३१ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।
Categorized in स्पाेर्ट्स