‘कर्म’ चलचित्रको आम्दानी बिहार बनाउन र सामाजिक कार्यमा लगाइने
SamacharDesk | २०७८ फाल्गुण १५, आइतबार

बौद्ध कथामा आधारित नेपाल भाषाको चलचित्र ‘कर्म’ शनिबारबाट गुण सिनेमामा प्रदेशन भएको छ ।
रामकृष्ण खड्गीको पटकथा, सम्वाद तथा निर्देशन रहेको चलचित्रको निर्माता राजेन्द्र शाक्य (दिजेन्द्र) रहेको छ ।
चलचित्रको मुख्य भूमिकामा अभिनेता मदनकृष्ण श्रेष्ठ, कर्म शाक्य, आशिष्मा नकर्मी, नारायणदेवी प्रधान, यमन श्रेष्ठ, कृष्णभक्त महर्जन, लुनिभा तुलाधरलगायत छन् ।
निर्माता दिजेन्द्रले सो चलचित्रले सम्पूर्ण आम्दानी बौद्ध बिहारहरुको जिर्णोद्धार, संरक्षण तथा सम्बद्र्धनमा लगाइनुका साथै विभिन्न सामाजिक संस्थालाई प्रदान गरिने जानकारी दिए ।
चलचित्रको विशेष शोमा शोमा अभिनेता कर्म शाक्य, यमन श्रेष्ठ, कृष्णभक्त महर्जन, निर्माता छबिराज ओझालगायतका कलाकार उपस्थित थिए ।
Categorized in पेजथ्री