arin enterprises

विद्युत प्राधिकरण संस्थानहरुमध्ये सबैभन्दा धेरै नाफा कमाउन सफल

SamacharDesk | २०७८ फाल्गुण १६, सोमबार

स्वामित्वका सार्वजनिक संस्थानमध्ये सबैभन्दा धेरै नाफा कमाउन सफल नेपाल विद्युत् प्राधिकरण वित्तीय दायित्व बहन गर्नसक्ने उच्च तहको सुरक्षित क्षमता भएको संस्थाका रुपमा स्थापित भएको छ ।

इक्रा नेपाल लिमिटेडले प्राधिकरणको क्रेडिट रेटिङ गरी ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको हो । डबल ए प्लस रेटिङ प्राप्त गर्ने संस्थाको आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमै बहन गर्नसक्ने उच्च क्षमता सुरक्षित रहन्छ भन्ने हो ।

डबल ए प्लस रेटिङ पाउने संस्थासँगको वित्तीय कारोबारमा ज्यादै न्यूनमात्रामा ऋण भुक्तानी जोखिम हुन्छ । क्रेडिट रेटिङमार्फत कुनै व्यक्ति वा सङ्गठित संस्थाको साखको गुणस्तर सम्बन्धमा मूल्याङ्कन गर्ने तथा राय प्रकट गर्ने काम गरिन्छ ।

यसमा संस्थाको ऋण दायित्व भुक्तान गर्ने क्षमता सम्बन्धमा नीहित जोखिमबारे सरल र बुझ्न सकिने साङ्केतिक सूचकका रुपमा राय दिइन्छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सर्वसाधारणलाई शेयर जारी गर्ने विषयमा पनि छलफल भइरहेको बताउनुभएको छ ।

ऐनमा भएको व्यवस्थाअनुसार शेयर निष्काशन गर्न सरकारसँग सहमति लिएर प्रक्रिया अगाडि बढाउने प्राधिकरणले जनाएको छ ।

Categorized in बिजनेस