arin enterprises

लेजेण्ड क्रिकेटर शेन वार्नको निधन

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ फाल्गुण २०, शुक्रबार

अष्ट्रेलियन लेजेण्ड क्रिकेटर शेन वार्नको शुक्रबार निधन भएको छ । 

उनको शुक्रबार साँझ थाइल्याण्डमा हृदयघातको कारण निधन भएको अन्तराष्ट्रिय संचारमध्यमले जनाएको छ ।

आफ्नो भिल्लामा अचेत अवस्थामा भेटिए पछि वार्नलाई चिकित्सकीय सहयोग दिइए पनि बचाउन नसकिएको उनको व्यवस्थापकले जानकारी दिएका छन् । 

शेन वार्न विश्वकै सर्वउत्कृष्ट लेग स्पिनर हो । उनी टेस्ट क्रिकेटमा सर्वाधिक विकेट लिने दोस्रो खेलाडी हुन् । उनले अष्ट्रेलियाबाट १ सय ४५ टेस्ट म्याचमा ७ सय ८ विकेट लिएका छन् ।

त्यस्तै १ सय ९४ एकदिवसीय खेलमा २ सय ९४ विकेट लिएका थिए ।

अन्तराष्ट्रिय क्रिकेटबाट सन् २००७ मा सन्यास लिए पछि उनले २०१३ सम्म फ्रेन्चाईज क्रिकेट खेलेका थिए । 

 

Categorized in स्पाेर्ट्स