arin enterprises

रियल सोसिडाडमाथि रियल म्याड्रिडको उत्कृष्ट जित

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ फाल्गुण २२, आइतबार

 स्पेनिस ला लिगामा रियल म्याड्रिडले उत्कृष्ट जित निकालेको छ ।

गए राती भएको खेलमा रियलले रियल सोसिडाडमाथि ४–१ गोलको उत्कृष्ट जित निकालेको हो ।

रियलको घरेलु मैदानमा भएको खेलको १० औं मिनेटमा पेनाल्टीमार्फत मिकेल ओयरजावालले गोल गर्दै सोसिडाडलदाई अग्रता दिलाएका थिए ।

तर खेलको ४० औं मिनेटमा इडुआर्डो कामाभिंगाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसको ३ मिनेटपछि लुका मोड्रिचले गोल गर्दै रियललाई पहिलो हाफमै २–१ अग्रता दिलाए ।

दोस्रो हाफको ७६ औं मिनेटमा करिम बेन्जेमाले पेनाल्टीमार्फत गोल गरे। यस्तै ७९ औं मिनेटमा मार्को एसेन्सियोले गोल गर्दै रियललाई ४–१ को उत्कृष्ट जित दिलाए ।

यो जितसँगै रियलले शीर्षस्थानमा ८ अंकको अग्रता लिँदै आफ्नो उपाधि जित्ने सम्भावना बलियो बनाएको छ ।

रियलको २७ खेलबाट रियलको ६३ अंक पुगेको छ ।

समान खेलबाटै दोस्रो स्थानको सेभियाको  ५५ अंक छ ।

रियल सोसिडाड ४४ अंकले छैठौं स्थानमा रहेको छ ।

यस्तै बार्सिलोना ४५ अंकसँगै तालिकाको चौथो स्थानमा रहेको छ ।

Categorized in स्पाेर्ट्स