निससँग पीएसजी स्तब्ध
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ फाल्गुण २२, आइतबार

फ्रेन्च लिग वानमा पेरिस सेन्ड जर्मेन (पीएसजी) निससँग स्तब्ध भएको छ ।
शनिबार राति भएको लिग खेलमा पीएसजी निससँग १–० गोलले पराजित भएको हो ।
निसलाई जिताउन एण्डी डेलोर्टले निर्णायक गोल गरे । उनले खेलको ८८औं मिनेटमा गोल गरेका थिए ।
यो जितसँगै निसले पीएसजीसंगको अंक दूरी १३ मा झारेको छ । निस २७ खेलमा ४९ अंक सहित दोस्रो स्थानमा छ ।
यस्तै समान खेलमा पीएसजी ६२ अंक सहित शीर्ष स्थानमा यथावत छ ।
Categorized in स्पाेर्ट्स