चेल्सीको सान्दार जित
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ फाल्गुण २२, आइतबार

इंग्लिस प्रिमियर लिगमा चेल्सीले सान्दार जित निकालेको छ ।
शनिबार राति भएको खेलमा बर्नलीलाई ४–० गोलले हराउँदै चेल्सीले सान्दार जित निकालेको हो ।
बर्नलीको घरेलु मैदानमा भएको खेलको पहिलो हाफसम्म भने गोलरहित बराबरीमा सकियो ।
दोस्रो हाफको शुरु देखि आक्रमक देखिएको चेल्सीको लागि ४७ औं मिनेटमा रीस जेम्सले गोल गर्दै अग्रता दिलाएका थिए ।
५२ औं मिनेटमा काई हाभर्ट्जले गोल गर्दै अग्रता दोब्बर पारे । ५५ औं मिनेटमा हाभर्ट्जले व्यक्तिगत दोस्रो गोल गरेपछि चेल्सीले ३–० को अग्रता बनायो ।
६९ औं मिनेटमा क्रिस्चियन पुलिसिचले गोल गर्दै चेल्सीलाई ४–० को अग्रता दिलाए ।
त्यसपछि बाँकि समयमा अरु गोल हुन नसके पछि चेल्सीले खेल आफ्नो पोल्टामा पारे ।
यो जितसँगै चेल्सी २६ खेलमा ५३ अंक जोड्दै तेस्रो स्थानमा कायमै छ ।
पराजित बर्नली २१ अंक जोडेर १८ औं स्थानमा रहेको छ ।
यस्तै समान खेलमा ६६ अंक जोड्डै म्यान्चेष्टर सिटी शीर्ष स्थानमा कायमै रहँदा ६३ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा छ ।
Categorized in स्पाेर्ट्स