arin enterprises

मानेको गोलमा लिभरपुलको महत्वपूर्ण जित

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ फाल्गुण २२, आइतबार

 इंग्लिस प्रिमियर लिगमा लिभरपुलले वेस्ट ह्यामविरूद्ध महत्वपूर्ण जित निकालेको छ ।

गयराती वेस्ट ह्यामलाई १–० गोलले हराउँदै महत्वपूर्ण जित निकालेको हो ।

घरेलु मैदानमा लिभरपुलको जित दिलाउन खेलको २७ औं मिनेटमा साडियो मानेले निर्णायक गोल गरे ।

यो जितसँगै शीर्ष स्थानको म्यानचेस्टर सिटीमाथिको अंक दूरी ३ मा झारेको छ ।

दोस्रो स्थानमा रहेको लिभरपुलको २७ खेलबाट ६३ अंक छ । शीर्ष स्थानको सिटीको समान खेलबाट ६६ अंक छ ।

पराजित वेस्ट ह्याम  २८ खेलबाट ४५ अंक सहित पाँचौ स्थानमा छ ।

Categorized in स्पाेर्ट्स