arin enterprises

बार्सिलोना तेस्रो स्थानमा उक्लियो

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ फाल्गुण २३, सोमबार

बार्सिलोना स्पेनिस ला लिगाको अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

आइतबार राति भएको खेलमा बार्सिलोनाले एल्चेलाई २–१ गोलले हराउँदै तेस्रो स्थानमा उक्लिएको हो ।

खेलको ४४ औं मिनेटमा फिदेल चाभेसले गोल गर्दै एक्चेले अग्रता लियो ।

६० औं मिनेटमा फेरान टोरेसले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि ८४ औं मिनेटमा मेन्फिस डेपेले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई पुनरागमन जित दिलाए ।

खेलको ८८ औं मिनेटमा जेभिएर पास्टोरे रातो कार्ड पाएर मैदान बाहिरिएपछि एल्चे १० खेलाडीमा सीमित भएको थियो ।

यो जितसँगै बार्सिलोना २६ खेलबाट ४८ अंक जोड्डै ला लिगाको तेस्रो स्थानमा उक्लिएको छ । ए

क खेल बढी खेलेको एथ्लेटिको म्याड्रिडको पनि समान ४८ अंक भए पनि गोल अन्तरमा बार्सिलोना शीर्ष तीनमा उक्लिएको हो ।

लिगको शीर्षस्थानमा रहेको रियल म्याड्रिडको २७ खेलबाट ६३ अंक छ ।

दोस्रो स्थानमा रहेको सेभिल्लाको समान खेलबाट ५७ अंक छ ।

Categorized in स्पाेर्ट्स