राष्ट्र बैंकले नयाँ सिक्का सार्वजनिक गर्यो
SamacharDesk | २०७८ फाल्गुण २४, मंगलबार

नेपाल राष्ट्र बैङ्कले सुनौलो रङमा टकमरी गरिएको एक रुपियाँ दरको सिक्का मङ्गलबारदेखि चलचल्तीमा ल्याउने भएको छ ।
सिक्काको आकार भने हाल प्रचलन रहेको सिक्कासरह नै रहेको राष्ट्र बैङ्कले जनाएको छ । सिक्कामा लिपुलेक, लिम्पियाधुरा सहितको नेपालको चुच्चे नक्सा अंकित गरेको र सात प्रदेशमा विभाजित नयाँ नेपालको नक्सा अंकित गरिएको छ ।
सिक्काको अग्रभागको वृत्ताकार घेराभित्र ६४ वटा थोप्ला रहनुका साथै हिमाल, पहाड र तराईको पृष्ठभूमिमा सात प्रदेशसहितको नेपालको नक्सा रहेको छ । यसको माथिल्लो भागमा अङ्ग्रेजी अक्षरमा रि वान र तल्लो भागमा देवनागरी लिपिमा रुपैँया १ लेखिएको छ ।
Categorized in राष्ट्रिय