arin enterprises

युक्रेन र स्कटल्याण्ड बीचको खेल स्थगित

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ फाल्गुण २४, मंगलबार

 फिफा विश्वकप छनोटमा युक्रेन र स्कटल्याण्ड बीचको प्ले अफ सेमिफाइनल खेल स्थगित भएको छ ।

मार्च २४मा हुने भनिएको युक्रेन र स्कटल्याण्ड बीचको खेल युक्रेनकै आग्रहमा स्थगित गरिएको हो  ।

रुसले युक्रेनमा आक्रमण जारी राखेपछि हाल युक्रेनमा फुटबल सम्बन्धी सबै गतिबिधि बन्ध गरेको छ ।

स्थगित खेलको नयाँ मिति दुबै राष्ट्रसँग छलफल गरेर घोषणा गर्ने बताएको छ ।

यस खेलको विजेताले वेल्स र अष्ट्रियासँग खेल्ने तालिका रहेको  छ ।

Categorized in स्पाेर्ट्स