खानविरुद्ध अविश्वासको प्रस्ताव
SamacharDesk – एजेन्सी | २०७८ फाल्गुण २५, बुधबार

पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पेस भएको छ ।
विपक्षी दलहरुको गठबन्धन पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट ९पीडीएम०ले वर्तमान सरकारलाई अवैध भन्दै अविश्वास प्रस्ताव पेस गरेको हो । त्यसका लागि सबै सहयोगी दलहरुसँग सम्पर्क गर्ने र सरकारको समर्थन फिर्ता लिन आह्वान गरेको छ ।
पाकिस्तानको संविधान अनुसार अविश्वास प्रस्ताव पारित गर्न संसदमा साधारण बहुमत भए पुग्छ । पाकिस्तानको संसदमा ३४२ सदस्य छन् । यसअनुसार अविश्वास प्रस्ताव पारित गर्न यसको पक्षमा १७२ भोट भए पुग्छ । त्यसैले विपक्षी गठबन्धन अविश्वासको प्रस्तावको पक्षमा बहुमत पुर्याउन सक्रिय छ ।
इमरान खानको पार्टी पीटीआईसँग संसदमा १५५ सिट छ । उनको सरकार गठबन्धनका सहयोगी दलहरुको समर्थनमा चलिरहेको छ ।
विपक्षी दलहरुले उच्च महँगीलाई प्रमुख मुद्दा बनाएर सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याएका छन् । विपक्षीको विरोधलाई रोकथाम गर्ने प्रयासमा प्रधानमन्त्री खानले पेट्रोलको मूल्य र बिजुलीको महसुलमा केही कटौतीको निर्णय गरेका छन् । साथै सामाजिक कल्याण योजना अनुसार अधिक अनुदान दिने लगायतको घोषणा पनि खानले गरेका छन् ।
पूर्व राष्ट्रिय क्रिकेट खेलाडी इमरान खानले पाकिस्तानको प्रधानमन्त्री पद सन् २०१८ को अगष्टदेखि सम्हालिरहेका छन् ।
Categorized in अन्तर्राष्ट्रिय