बाढीपछि अस्ट्रेलियामा राष्ट्रिय सङ्कटकाल घोषणा गरिने
SamacharDesk – एजेन्सी | २०७८ फाल्गुण २५, बुधबार

अस्ट्रेलियाका दुई राज्यहरू न्यु साउथ वेल्स र क्वीन्स्ल्याण्डमा बाढीपछि त्यहाँका प्रधानमन्त्री स्कट मरिसनले राष्ट्रिय सङ्कटकाल घोषणा गर्ने बताएका छन् ।
दुई राज्यमा वर्षापछिको बाढीले गर्दा गत दुई सातायता २० जनाको मृत्यु भएको छ भने हजारौँ घरमा क्षति गरेको छ ।
बाढीका बेला केन्द्र र राज्य सरकारले तत्काल उद्धारकार्य सञ्चालन गर्न नसकेको भनी बाढीपीडितहरूले आक्रोश जनाएका छन् ।
सङ्कटकाल घोषणाले भने राज्य सरकारले उद्धारकार्यका लागि आफैले प्रत्यक्ष रूपमा काम गर्न सक्नेछ ।
प्रधानमन्त्री मरिसनले बाढीपीडितलाई थप सहयोगको घोषणा पनि गरेका छन् ।
Categorized in अन्तर्राष्ट्रिय