arin enterprises

फल नदिएपछि पीएसजीका अध्यक्षको आक्रोश रेफ्रीमाथि

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ फाल्गुण २६, बिहिबार

फ्रेन्च क्लब पेरिस जेन्ट जर्मेन (पिएसजी)का अध्यक्ष नासेर अल–खेलाइफी रेफ्रीमाथि आक्रोशित भएका छन् ।

बुधबार राति भएको पिएसजी र रियल म्याड्रिड बीचको दोस्रो लेगको खेलपछि अध्यक्ष नासेर आक्रोशित हुँदै रेफ्रीकै कक्षभित्र पसेर सामान तोडफोड गरेका हुन् ।

उक्त खेलमा बेन्जेमाले बराबरी गोल गर्ने क्रममा गोलकिपर डोनारुम्मामाथि फल गरेको आरोप पिएसजीले लगाएको थियो ।

तर रेफ्रिले फल नदिएपछि क्लबका अध्यक्षलगायत अधिकारीहरूले रेफ्रीको निर्णयप्रति भीआइपी बक्सबाट नै असन्तुष्टि व्यक्त गरेका थिए ।

रेफ्रीको प्रतिवेदनअनुसार रिसले मुर्मुराएका नासेर रेफ्रीको ड्रेसिङ रुममै प्रवेश गर्न खोज्दा बाहिर जान आग्रह गरिएको थियो । त्यसपछि भने नासेरले रेफ्रीको सामान तोडफोड गरेका थिए ।

रियल म्याड्रिडका स्टाफले त्यस घटनाको भिडियो खिचेको छ भने थप कारवाहीका लागि सो भिडियो युईएफएलाई पठाउने भएको छ ।

रियलले पिएसजीका फरवार्ड किलीयन एमबाप्पे अनुबन्ध गर्न खोजेपछि केही समय यताबाट पिएसजी र रियलको सम्बन्ध बिग्रेको थियो । यस घटनापछि दुई क्लबबीचको सम्बन्ध झन् बिग्रिएको छ ।

Categorized in स्पाेर्ट्स