arin enterprises

अभिनेत्री मानन्धर एमालेमा प्रवेश गर्दै

SamacharDesk | २०७८ फाल्गुण २७, शुक्रबार

चर्चित अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश गर्ने भएकी छन् । उनले पार्टी प्रवेश गर्नेबारे एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल समेत गरेकी छन् ।

बिहीबार सांसद एमाले सांसद नवराज सिलवाल र गंगा चौधरीसहित उनले अध्यक्ष ओलीलाई भेटेकी हुन् ।

छलफलपछि आफू छिट्टै एमालेमा प्रवेश गर्ने मानन्धरले बताइन् । यसअघि उनी डा। बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीमा आवद्ध थिइन् ।

Categorized in पेजथ्री