आयोगले चुनावी खर्चको सिलिङ तोक्यो
SamacharDesk | २०७८ फाल्गुण २७, शुक्रबार

निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलहरूले आगामाी स्थानीय तहको निर्वाचनमा आचारसंहिता पालन गर्न आफूहरू प्रतिबद्ध रहेको बताएका छन् ।
शुक्रबार आयोगमा भएको अन्तरक्रिया र छलफलमा दलहरूले आचारसंहिता पालनामा प्रतिबद्धता व्यक्त गर्दै पालन गराउनका लागि आयोगलाई पनि शुभकामना दिएका छन् ।
निर्वाचन आयोगले एक करोड ७८ लाख मतदाता देखिएको जनाएको छ। शुक्रबार राजनीतिक दलका प्रतिनिधिसँगको छलफलमा आयोगले एक करोड ७८ लाख ३४ हजार ७६५ जना मतदाता देखिएको र चैत १३ गते अन्तिम नामावली सार्वजनिक गर्ने जानकारी दिएको लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०का नेता केशव झाले जानकारी दिनुभयो।
गत मंसिर १७ देखि पुस १९ गतेसम्म मतदाता नामावली संकलन विशेष अभियानअन्तर्गत करिब आठ लाख ५० हजार नयाँ नामावली संकलन भएको आयोगले जनाएको उहाँले बताउनुभयो।
आयोगका अनुसार सबै जिल्लाको मतदाता नामावली एकीकृत गर्दा ८७ लाख ८६ हजार ३६४ पुरुष, ९० हजार ४८ हजार २१३ र १८८ अन्य समेत गरेर करिब एक करोड ७८ लाख ३४ हजार ७६५ मतदाताको नामावली तयार गरिएको छ।
सबैभन्दा बढी मतदाता मोरङ्ग, झापा र काठमाडौंमा रहेको र सबैभन्दा कम मनाङ, मुस्ताङ्ग र डोल्पामा छन्। त्यस्तै, सबैभन्दा बढी मतदाता भएका पालिका काठमाडौं, पोखरा कास्की र भरतपुर चितवन तथा सबैभन्दा कम मतदाता भएका पालिका नार्पाभूमि मनाङ्ग, चामे मनाङ्ग र छार्का ताङसोङ डोल्पा रहेका छन्।
छलफलमा चुनावी खर्चको सन्दर्भमा पनि केही ठूला दलहरूले असन्तुष्टि जनाएका छन् । अहिलेको महंगी र मुद्रास्फ्रितिको सन्दर्भमा अहिले आयोगले तोकेको चुनाव खर्च समय सान्दर्भिक नभएको बताएका थिए ।
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवारले गर्न पाउने खर्च प्रस्ताव गरेको छ । तीनमध्ये कुनै न कुनै तहमा जनप्रतिनिधि रहेका राजनीतिक दलका प्रतिनिधिहरूसँग भएको छलफलमा आयोगले स्थानीय तहअनुसार उम्मेदवारहरूले गर्न पाउने चुनावी खर्चको सिलिङ प्रस्ताव गरेको हो ।
उपहानगरका मेयरले साढे ५ लाख, नगरपालिकाका मेयरले साढे ३ लाख र गाउँपालिकाका प्रमुखले साढे ३ लाखसम्म चुनावी खर्च गर्न पाउने आयोगले बताएको छ ।
Categorized in राष्ट्रिय