एकैपल्ट तीनवटा म्यूजिक भिडियो सार्वजनिक
SamacharDesk – समाचारडेस्क रिपाेर्टर | २०७८ फाल्गुण २९, आइतबार

ललितपुरको साँस्कृतिक एवम् ऐतिहासिक नगरी हरिसिद्विमा एकै दिन दिनवटा म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।
शनिवार आयोजित एक कार्यक्रममा नेपालभाषाका तीनवटा म्यूजिक भिडियो एकैपल्ट सार्वजनिक गरिएको हो । कार्यक्रममा ‘सिलाचःर्हे पाहांचःर्हे’, ‘स्वांया वासना’ र ‘छंगु रुप खनाः’ बोलका म्युजिक भिडियो सार्वजनिक गरिएको थियो ।
नेपालभाषाका प्रथम म्युजिक भिडियो निर्देशक साथै वरिष्ठ सिने पत्रकार विजयरत्न तुलाधरले भिडियो लोकार्पण गर्नुभएको थियो ।
भिडियो लोकार्पण गर्दै वरिष्ठ सिने पत्रकार तुलाधरले नेपालभाषाको सांगितिक र साँस्कृतिक क्षेत्रमा हरिसिद्धिका कलाकर्मीहरुको योगदानको स्मरण गर्दै आउँदा दिनमा कलाकारिता आर्थिक समृद्धिको लागि हुनुपर्ने विचार राख्नुभयो ।
गायकद्वय अशोक महर्जन र राजेन्द्र महर्जनले आआफ्नो अनुभव बाँडेका थिए ।
सार्वजनिक गरिएका तीनवटा गीतमध्ये विष्णु जल्मिको शब्द रहेको सिलाचःर्हे पाहांचःर्हे गीतमा अशोक महर्जन र राजेन्द्र महर्जनले स्वर दिएका छन् । म्यूजिक भिडियोतर्फ रविन डंगोलले छायाङ्कन गरेका छन् भने दृश्य सम्पादन साथै निर्देशन बी के जल्मीको रहेको छ । विश्वनाथ महर्जन, विक्रम महर्जनलगायतका कलाकारले अभिनय गरेका छन् ।
स्वांया वासना गीतमा स्वर अशोक महर्जन काकेको रहेको छ भने शब्द कृष्णराम महर्जनको र संगीत निरन्जन महर्जन कुमारीको रहेको छ । म्यूजिक भिडियोमा कोरियोग्राफि र निर्देशन सुरज नापितको रहेको छ । यस गीतको म्यूजिक भिडियोमा किशोर चिपालु र रोजिना सुवालले अभिनयको प्रतिभा देखाएका छन् ।
राजेन्द्र महर्जन व दिपा महर्जनको स्वर रहेको छंगु रुप खनाः गीतमा शब्द र संगीत निरन्जन महर्जन कुमारीको रहेको छ । यस गीतको म्यूजिक भिडियोको छायाङ्कन र दृश्य सम्पादन सोहन मानन्धरले गरेका छन् ।
म्येय् राजु महर्जन, आराध्य लक्ष्मी खड्गी व पूर्णकाजी ज्यापुका साथै कलाकार आराध्यलक्ष्मीकी आमा सुर्जलक्ष्मी र पिता राम खडगी, बाल कलाकारहरु समर्पण गमाल व रोजिशा बलामिले अभिनय गरेका छन् । निर्देशन जितेन्द्र महर्जनले गरेका छन् ।
कार्यक्रममा हरिसिद्धिका चर्चित तबला गुरु निरन्जन महर्जन, समता संगीत साधना केन्द्रका तुलसी महर्जन, हरिसिद्धि भजन मण्डलका सचिदानन्द महर्जन, समाजसेवी महेन्द्र श्रेष्ठ व मंगल महर्जन, संगीतकार जिवित जल्मीलगायतको उपस्थिती रहेको थियो ।
Categorized in पेजथ्री