arin enterprises

विदेशमन्त्री फैजल शिष्टाचार भेट गरी फर्के

SamacharDesk | २०७८ चैत्र १, मंगलबार

दुई दिने नेपाल भ्रमणमा आउनुभएका साउदी अरबका राजकुमार एवं विदेशमन्त्री फैजल बिन फरहान अल साउदले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेर स्वदेश फर्कनु भएको छ । आज अपरान्ह राष्ट्रपति निवासमा भएको भेटमा दुई देशबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

आजै परराष्ट्र मन्त्रालयमा भएको नेपाल र साउदी अरब परराष्ट्रमन्त्री स्तरीय बैठक पनि भएको छ । सो भेटमा नेपाल र साउदी अरबबीच जनरल कोअपरेसन एग्रिमेन्ट (सहयोग सम्झौता) मा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा. नारायण खड्का र साउदीका तर्फबाट साउदी विदेशमन्त्री फैसल विन फरहान अल साउदले हस्ताक्षर गर्नु भएको छ ।

यसअघि हिजो काठमाडौं आइपुगेलगत्तै विदेशमन्त्री राजकुमार पैmसल बिन पहरान अल साउनले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा नेपाल र साउदी अरबबीचको सम्बन्धका विविध पक्ष, पारस्परिक हित एवं चासोका विस्तृत विषयका साथै बहुपक्षीय मञ्चमा सहयोग आदानप्रदान गर्नेबारेमा विचारविमर्श भएको थियो।

प्रधानमन्त्रीले साउदी भिजन २०३० को सफलताको शुभकामना व्यक्त गर्दै नेपाली आप्रवासी कामदारको हित र दुई देशबीचको आर्थिक साझेदारी एवं सहयोगलाई थप सुदृढ गर्ने उपायबारे छलफल गर्नुभएको थियो।

Categorized in राष्ट्रिय