मिस वल्र्ड २०२२ को ताज पोल्याण्डकी क्यारोलिनालाई
SamacharDesk | २०७८ चैत्र ३, बिहिबार

यस वर्षको विश्व सुन्दरीको ताज पोल्याण्डकी क्यारोलिना बेल्वास्काले जितेकी छन् ।
नेपाली समय अनुसार आज विहान अमेरिकाको पुएट्रोरिकोस्थित सानज्वाँ शहरमा सम्पन्न मिस वल्र्डको फाइनलमा अन्य प्रतिष्पर्धीहरुलाई उछिन्दै क्यारोलिना मिस वल्र्ड बनेकी हुन । प्रतियोगितामा अमेरिकाकी श्री सैनी फस्र्ट रनरअप भइन् भने सेकेन्ड रनरअपको ताज कोट डी आइभोरीकी ओलिभिया यासले जितेकी छन् ।
मिस वल्र्डको अन्तिम ३० मा पुगेकी मिस नेपाल नम्रता श्रेष्ठ भने त्यो भन्दा अघि बढ् सकिनन् । कूल ९७ प्रतिस्पर्धी मध्येबाट ४० जना प्रतिस्पर्धीलाई मात्र फाइनलमा सहभागी गराइएको थियो ।
Categorized in पेजथ्री