arin enterprises

पुटिन युद्ध अपराधी भएको अमेरिकी राष्ट्रपतिको आरोप

SamacharDesk | २०७८ चैत्र ३, बिहिबार

युक्रेनमा रुसले गरेको आक्रमणको आज २२ औं दिन हो । रुसले लगातार युक्रेनको राजधानी किभलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ तर त्यसको विरोध पनि भइरहेको छ ।

तीन सातादेखि युक्रेनमा रुसले गरेको आक्रमणबीच विश्व नेताहरूबीचको शब्दयुद्ध चर्किएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘युद्ध अपराधी’ भनेका छन् । रुसले बाइडेनको भनाइलाई अस्वीकार्य र अक्षम्य बयानबाजी भनेको छ । रुसले अमेरिकाले विश्वमा करोडौं मानिसको हत्या गरेको आरोप लगाएको छ ।

यसैबीच युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी कांग्रेससँग भर्चुअल बैठक गरेका छन् र जेलेन्स्कीले पर्ल हार्बर र ढरज्ञज्ञ को घटनाहरू सम्झन विश्वका मुलुकहरुलाई आग्रह गरे र पश्चिमी देशहरूको समर्थन मागेका छन् ।

भर्चुअल बैठक पछि, राष्ट्रपति जेलेन्स्कीले युक्रेनका जनतालाई सम्बोधन गर्दै उनले सिरिया, अफगानिस्तान र चेचन्यामा भएका युद्धमा भन्दा रुसले बढी क्षति बेहोरेको दाबी गरे । अमेरिकाले युक्रेनलाई १ अर्ब डलर बराबरको हतियार उपलब्ध गराउने वाचा गरेको छ । ड्रोन, रकेट, ग्रेनेड लन्चर, राइफल, मेसिन गन, बडी आर्मर र गोलाबारुद सहित युक्रेनको दक्षिणी सहर मारियुपोलमा रहेको एक थिएटरमा ठूलो रुसी बम प्रहार भएको बताइएको छ ।

डेपुटी मेयर सर्गेई ओर्लोभले बीबीसीलाई भने कि बम विष्फोट हुनु अघि १,००० देखि १,२०० मानिसहरू थिएटरमा शरण लिएका थिए । रुसको गोलीबारीमा उत्तरी सहर चेर्निहाइभमा खानाका लागि लाइनमा बसेका १३ जनाको मृत्यु भएको छ । युक्रेनका अनुसार मेलिटोपोलका मेयरलाई नौ रुसी सैनिकको बदलामा रिहा गरिएको छ । संयुक्त राष्ट्रसंघका अनुसार हालसम्म ३० लाखभन्दा बढीले युक्रेन छोडेका छन् ।

Categorized in अन्तर्राष्ट्रिय