यी हुन च्याम्पियन्स लिगका क्वार्टरफाइनलमा ८ पुग्ने टिम
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ चैत्र ४, शुक्रबार

युरोपियन च्याम्पियन्स लिगको २०२१/२२ सिजनमा क्वार्टरफाइनलमा पुग्ने ८ वटै टिमको टुंगो लागेको छ ।
बुधबार राति इंग्लिस क्लब चेल्सी र स्पेनिस क्लब भिल्लारियलले अन्तिम आठमा स्थान पक्का गरेसँगै क्वार्टरफाइनलमा पुग्ने सबै टिमको टुंगो लागेको हो ।
क्वार्टरफाइनलमा इंग्ल्यान्डका तीन, स्पेनका तीन, जर्मनीका एक र पोर्चुगलका एक क्लबले र स्थान पक्का गरेका छन् ।
अन्तिम आठमा पुग्ने सबै टिमको टुंगो लागेसँगै मार्च १८ मा क्वार्टरफाइनलको ड्र हुनेछ ।
क्वार्टरफाइनलको पहिलो लेग ५ र ६ अप्रिल तथा दोस्रो लेग १२ र १३ अप्रिलमा हुनेछ ।
अन्तिम आठमा स्थान पक्का गरेका ८ टिम
इंग्लिस क्लब – लिभरपुल, इंग्लिस क्लब – म्यानचेस्टर सिटी, इंग्लिस क्लब – चेल्सी, जर्मनी क्लब – वायर्न म्युनिख, पोचुगिज क्लब – बेन्फिका, स्पेनिस क्लब – रियल म्याड्रिड, स्पेनिस क्लब – एट्लेटिको म्याड्रिड र स्पेनिस क्लब – भिल्लारियल
Categorized in स्पाेर्ट्स