पत्रकार गिरीद्वारा लिखित पुस्तक ‘सत्यमोहन’ लोकार्पण
SamacharDesk – Ram Dangol | २०७८ चैत्र ४, शुक्रबार

पत्रकार गिरिस गिरीले लेख्नुभएको संस्कृतिविद् सत्यमोहन जोशीको जिवनीमा आधारित पुस्तक ‘सत्यमोहन’ आज ललितपुरमा एक कार्यक्रमकाबीच लोकार्पण भएको छ ।
कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशीले लोक संस्कृतिलाई हेला गरेर राष्ट्र समावेशी हुन नसक्ने बताएका छन् । उनले लोक संस्कृतिले नै विभिन्न जातजाति, भाषा, धर्म र संस्कार(संस्कृतिबीचमा एकता ल्याउने बताएका हुन् । लोक संस्कृतिले सबैलाई आफू नेपाली भएको भावना जागृत गराउने पनि उनले उल्लेख गरे ।
पुस्तकका लेखक गिरीले संस्कृतिविद् सत्यमोहन जोशीले राष्ट्रका लागि गरेको योगदान व्यापक रहेको र त्यसलाई पछिल्लो पुस्तासम्म पु¥याउने उद्देश्यसहित पुस्तक लेखिएको बताए । जोशीलाई काठमाडौं भित्रका कला, संस्कृतिसँग मात्रै जोडेर साँघुरो रुपमा बुझ्नु नहुने भन्दै उनले सिंगो राष्ट्रको कला, संस्कृतिको विकासका लागि योगदान दिएको उल्लेख गरे । पुस्तकमा जोशीको जीवनीका साथै उनले राष्ट्रको कला र संस्कृतिको विकासमा खेलेको भूमिकाको समेत चर्चा गरिएको गिरीले बताए ।
पुस्तक लोकार्पणपछि पुस्तकबारे बोल्दै संस्कृतिविद् जोशीले पुस्तकले सत्यमोहन जोशीलाई चिनाउन मद्दत गर्ने बताए । पुस्तकले नेपाली भाषा साहित्यको विकासमा सघाउ पु¥याउने पनि उनले बताए । उक्त पुस्तक बुकहिल प्रकाशनले प्रकाशित गरेको हो ।
Categorized in पेजथ्री