arin enterprises

च्याम्पियन्स लिगको क्वार्टरफाइन र समिफाइनल ड्र सार्वजनिक

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ चैत्र ५, शनिबार

युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइन र समिफाइनल ड्र सार्वजनिक भएको छ ।

शुक्रबार युरोपियन फुटबल महासंघले च्याम्पियन्स लिगको क्वार्टरफाइन ड्र सार्वजनिक गरेको हो ।

क्वाटरफाइनलमा रियल म्याड्रिड, चेल्सी, म्यानचेस्ट सिटी, एट्लेटिको म्याड्रिड, लिभरपुल, बेन्फिका, वायर्न म्युनिख र भिल्लारियल गरि आठवटा क्लब पुगेका छन् ।

क्वार्टरफाइनल ड्र

चेल्सी विरुद्ध  रियल म्याड्रिड

म्यानचेस्टर सिटी विरुद्ध  एट्लेटिको म्याड्रिड

लिभरपुल विरुद्ध  बेन्फिका

वायर्न म्युनिख विरुद्ध  भिल्लारियल

सेमिफाइनल ड्र

म्यानचेस्टर सिटी र एट्लेटिको म्याड्रिड बीचको विजेता विरुद्ध चेल्सी र रियल म्याड्रिड बीचको विजेता

वायर्न म्युनिख र भिल्लारियल बीचको विजेता विरुद्ध लिभरपुल र बेन्फिका बीचको विजेता

क्वार्टरफाइनलको पहिलो लेग ५ र ६ अप्रिल तथा दोस्रो लेग १२ र १३ अप्रिलमा हुनेछ ने सेमिफाइनलको पहिलो लेग २८ अप्रिल तथा दोस्रो लेग मे ५ मा हुनेछ ।

फाइनल खेल मे २९को दिन फ्रान्समा हुनेछ । 

Categorized in स्पाेर्ट्स