एफए कपको सेमिफाइनलमा चेल्सी
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ चैत्र ६, आइतबार

इंग्लिस क्लब चेल्सी एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार राति भएको खेलमा मिड्ल्सब्रोलाई २–० गोलले हराउँदै चेल्सीले सेमिफाइनलमा प्रवेश गरेको हो ।
खेलको १५ औं मिनेटमा रोमेलो लुकाकुले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ३१ औं मिनेटमा हाकिम जिएचले गोल गर्दै चेल्सीलाई २–० को जित दिलाए ।
म्यानचेस्टर युनाईटेड र टोटेनहमलाई हराएको मिड्ल्सब्रो चेल्सीसँग पराजित हुँदै क्वाटरफाइनलमै रोकियो ।
Categorized in स्पाेर्ट्स