arin enterprises

दन्त स्वास्थ्यको अवस्था सुधारोन्मुख – डा. राजभण्डारी

SamacharDesk – समाचार डेस्क | २०७८ चैत्र ६, आइतबार

आज मार्च २० तारीख, विश्वभरी विभिन्न कार्यक्रम गरी विश्व मुख स्वास्थ्य दिवस अर्थात वर्ल्ड ओरल हेल्थ डे मनाईँदैछ ।

मुख स्वास्थ्य भन्नाले एक जना मानिसको मुख सम्वन्धि सम्पूर्ण स्वास्थ्य अवस्था बुझिन्छ । मुखभित्र प्रायलाई दाँत सम्वन्धि समस्या हुने गर्दछ ।

दाँत दुख्ने, किराले खाने अथवा दाँत भाँच्चिने लगायतका समस्या धेरैलाई भइरहेको हुन्छ ।

नेपालमा दाँत वा मुख सम्वन्धि चेतनाको स्तर अहिले वृद्धि हुँदै आइरहेको दन्त संरक्षण तथा दन्त स्नायू रोग विशेषज्ञ डा. विपुल राजभण्डारी बताउँछन् । तर यसबाट सन्तोष भने लिन नसकिने डा. राजभण्डारी बताउँछन् ।

‘हाल आएर दाँत वा मुख सम्वन्धि स्वास्थ्यको नियमित जाँच तथा परिक्षण गर्ने बानीको विकास हुँदै आएको छ तर, यो निकै कम संख्यामा मात्र देखिन्छ’, डा. राजभण्डारीको भनाई छ, ‘प्राय मानिसहरुमा दाँतमा कुनै समस्या नभइ जाँच गराउन नजाने बानी अझै पनि छ ।’

नेपालीहरुको खानपान र दाँतको हेरचाहको सवालमा लापरवाहीका कारण प्रायमा दाँत किराले खाने समस्या देखिने गरेको उहाँ बताउनुहुन्छ ।

अहिले समाज शिक्षित हुँदै आएको अवस्थामा स्वास्थ्यको हेरचाहको सवालमा पनि चेतनाको विकास हुन थालेकोलाई सकारात्मक रुपमा लिन सकिने राजभण्डारी बताउनुहुन्छ ।

Categorized in समाज