ललितपुरको भीमसेन मन्दिर पुनर्निर्माण सम्पन्न
SamacharDesk – Ram Dangol | २०७८ चैत्र १३, आइतबार

ललितपुरको भीमसेन मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ ।
२०७२ सालको भूकम्पले भीमसेन मन्दिरमा क्षति पु¥याएको थियो । उक्त मन्दिरको पुनर्निर्माण स्थानीय व्यवसायी र दाताहरुको आर्थिक सहयोगमा भएको हो । पाटन दरबार क्षेत्रमा रहेको भीमसेन मन्दिर पुनर्निर्माणका लागि ललितपुर महानगरपालिकाले पनि आर्थिक सहयोग गरेको थियो ।
सो अवसरमा आयोजित समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले ललितपुर महानगरपालिकामा भएको विकास राष्ट्रिय स्तरमा मात्र नभइ अन्तर्राष्ट्रिय स्तरमा समेत नेपाल र नेपालीको परिचय फराकिलो बनाउन सहयोग पुग्ने विश्वास लिएको बताउनु भयो । उहाँले स्थानीयहरुलाई नै विकास निर्माणको काम दिनुपर्ने बताउनु भएको छ । विकास निर्माणको काम स्थानीय सरकारलाई दिएकोले अधिकांश काम राम्रो र छिटो तथा गुणस्तरी ढंगबाट सम्पन्न भएको पनि प्रधानमन्त्री देउवाले बताउनु भयो ।
फाइन आर्ट सिटीको नामले चिनिएको ललितपुरको पहिचान यहाँको सम्पदा हुन् । पुनर्निर्मित मन्दिर झण्डै तीन सय वर्ष अघि श्रीनिवास मल्लको पालामा निर्माण भएको हो ।
Categorized in स्थानीय