क्यानडा ३६ वर्षपछि विश्वकपमा छनौट
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ चैत्र १४, सोमबार

क्यानडा कतार विश्वकप २०२२ मा छनौट भएको छ ।
आइतबार राति विश्वकप छनौट अन्तर्गत जमैकालाई ४–० गोलले हराउदै क्यानडा ३६ वर्षपछि विश्वकपमा छनौट भएको हो ।यस अघि क्यानडाले १९८६ मा विश्वकपममा छनौट खेलेको थियो ।
खेलको १३ औं मिनेटमा केली लारिनले गोल गर्दै क्यानडालाई अग्रता दिलाएका थिए ।
टाजोन बुचाननले ४४ औं मिनेटमा गोल गर्दै क्यानडाको अग्रता दोब्बर बनायो । ८२ औं मिनेटमा जुनियर होइलेटले गोल गरेपछि क्यानडा ३–० ले अघि रह्यो ।
जमैकाका एड्रियन मारिप्पाले खेलको ८८ औं मिनेटमा आत्मघाती गोल गरेपछि क्यानडा ४–० ले विजयी भयो ।
यो जितसँगै कोन्काफ क्षेत्रको छनोटमा१३ खेलमा २८ अंक जोड्डै क्यानडा शीर्ष स्थानमा रहेको छ ।
यस्तै जमैका ८ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
Categorized in स्पाेर्ट्स