arin enterprises

बुधबार राती १२ बजेबाट मौनअवधि

SamacharDesk – पोलिटिक्स ब्यूरो | २०७६ मङ्सिर ११, बुधबार

यहि मंसीर १४ गते हुन लागेको उपनिर्वाचनलाई लक्षित गर्दै बुधबार राती १२ बजेबाट मौन अवधि शुरु हुन लागेको छ । बुधबार राती १२ बजेबाट मौन अवधि शुरु हुने निर्वाचन आयोगले जनाएको छ ।

मौन अवधि शुरु भएपछि निर्वाचनलाई प्रभावित पार्ने कुनै पनि किसिमका गतिविधि गर्न पाइने छैन । उम्मेदवार, दलीय प्रतिनिधि वा कसैले पनि भोट माग्ने, प्रचार प्रसार लगायतका काम गर्न नपाइने निर्वाचन आयोगले जनाएको  हो ।

फेसबुक, ट्वीटर लगायतका सामाजिक संजाल, मोबाइल एसएमएस साथै कुनै पनि किसिमका विद्युतीय माध्यम वा अन्य कुनै पनि माध्यमबाट प्रचार प्रसार लगायतका काम राती १२ बजेपछि गर्न पाइने छैन ।

साथै निर्वाचन आयोगले उपनिर्वाचनको लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको पनि जनाएको छ । उपनिर्वाचन सम्पन्न गर्न आवश्यक सामग्री मतदान केन्द्र पु¥याइसकेको आयोगले जनाएको छ ।

उपनिर्वाचनको लागि २४७ मतदानस्थलमा ५३७ मतदान केन्द्र तोकिएको छ । जसमध्ये प्रतिनिधिसभातर्फ ३२ मतदानस्थलमा ८२ मतदान केन्द्र छ भने प्रदेशसभातर्फ ७८ मतदानस्थलमा १४७ मतदान केन्द्र रहेको छ ।

त्यसैगरी स्थानीय तहतर्फ १३७ मतदानस्थलमा २८१ मतदान केन्द तोकिएको छ ।

८ सय वा सोभन्दा बढि मतदाता रहेको केन्द्र ३ सय ३७ र ८ सय भन्दा कम मतदाता रहेको २ सय रहेको छ ।

आउँदो मंसीर १४ गते १ प्रतिनिधिसभा, ३ प्रदेशसभा सदस्य, १ उपमहानगरपालिका प्रमुख, ३ गाउँपालिका अध्यक्ष र ४३ वडाध्यक्षसहित जम्मा ५२ रिक्त पदको उपनिर्वाचन हुन गइरहेको छ ।

उपनिर्वाचनको मैदानमा उत्रेका ३ सय ३३ उम्मेदवारमध्ये २५३ जना दलीय उम्मेदवार छन् भने ६४ जना स्वतन्त्र छन् ।

उपनिर्वाचनमा ४ लाख ५४ हजार १ सय १४ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्न लागेका छन् ।

Categorized in राष्ट्रिय