त्रिदेशीय टी–२० उपाधिका लागि नेपाल र पीएनजी भिड्ने
SamacharDesk – Aakash Rajopadhyaya | २०७८ चैत्र २१, सोमबार

त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधिका लागि आज नेपाल र पपुवा न्युगिनी पीएनजी बीच प्रतिस्पर्धा हुँदैछ ।
कीर्तिपुर स्थित टियु मैदानमा हुने फाइनल भिडन्तमा नेपाल अपराजित रहँदै उपाधि जित्ने लक्ष्यमा छ ।
दिउँसो १२:३० बजे सुरु हुने खेलमा उपाधि जित्ने नेपालको लक्ष्य हुनेछ । श्रृंखलामा पिएनजीमाथि लगातार दुई जित हात पारेको नेपाल आज पनि सोही लय दोहोर्याउन चाहन्छ ।
पीएनजी पनि नेपाललाई हराएर दोहोरो उपाधि घर लैजाने दाउमा छ ।
टी–२० सिरिजअघि नेपालविरुद्ध दुई खेलको एकदीवसीय सिरिजमा पीएनजीले क्लीन स्वीप गरेको थियो । तर टी–२० सिरिजको लिगका दुईवटै खेलमा पीएनजी नेपालसँग पराजित भएको छ ।
आजको खेल जितेको खण्डमा नेपालले टि–ट्वेन्टी अन्तराष्ट्रियमा लगातार ६ खेल जित्नेछ ।
गत महिना ओमानमा भएको टी–ट्वेन्टी विश्वकप छनोटको अन्तिम खेलमा जित निकालेको नेपालले घरेलु मैदानमा जारी सिरिजमा चार खेल जित्दै पहिलो पटक लगातार पाँच खेल जित्न सफल भएको छ ।
त्यसैले आजको खेल नेपालको लागि उपाधि जित्ने अवसर सँगसँगै टि ट्वेन्टीमा आफ्नो नयाँ किर्तीमान राख्ने अवसर समेत बन्न सक्नेछ ।
Categorized in स्पाेर्ट्स