arin enterprises

संघर्षपूर्ण जितपछि बार्सिलोना दोस्रो स्थानमा उक्लियो

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ चैत्र २१, सोमबार

 स्पेनिस ला लिगामा बार्सिलोनाले संघर्षपूर्ण जित निकालेको छ ।

आइतबार राति भएको खेलमा बार्सिलोनाले सेभियालाई १–० गोलले हराउँदै संघर्षपूर्ण जित निकालेको हो ।

घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन पेड्रीले निर्णायक गोल गरे । उनले खेलको ७२ औं मिनेटममा डेम्बेलेको पासमा गोल गरेका थिए ।

यो जितसँगै बार्सिलोनाले २९ खेलमा ५७ अंक जोड्डै बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ । यस्तै सेभियाले ३०खेलमा ५७ अंक जोडेर चौंथो स्थानमा झरेको छ ।

Categorized in स्पाेर्ट्स