arin enterprises

मुलुकै अब्बल र अनुकरणीय काम गर्न सफल : मेयर चिरिबाबु महर्जन

SamacharDesk | २०७८ चैत्र २५, शुक्रबार

पाँच वर्ष कार्यकालमा ललितपुर महानगरपालिकालाई मुलुकै अब्बल र अनुकरणीय काम गर्ने स्थानीय तहको रुपमा चिनाउन सफल भएको ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले बताउनु भएको छ ।

बिहीबार पत्रकार सम्मेलन गर्दै मेयर महर्जनले निर्वाचित भएको पाँच वर्षमा गरेको कामको विषयमा जानकारी दिनु भएको हो । मेयर महर्जनले पाँच वर्षमा महानगरबाट पारित कुल २३ अर्ब ५२ करोड ८१ लाख ४८ हजार ९८१ बजेटमा १३ अर्ब ३३ करोड ८३ लाख ५३ हजार ८९४ गत फागुन मसान्तसम्म खर्च गरेको जानकारी दिनु भएको छ । उहाँले पाँच वर्षमा महानगरपालिकाले  ७ अर्ब ७६ करोड ४४ लाख ४८ हजार २१४ राजश्व संकलन गरेको बताउनु भयो ।

पूर्वाधार निर्माणमा अस्फाल्ट कंक्रिटसहतिको ३२ किलो मिटर सडक निर्माण, महानगरभित्र वडास्तरीय तथा नगर स्तरिय गरी सात हजार पाँच सय विकास आयोजनाहरु सम्पन्न गरेको बताउनु भयो । स्मार्ट सडक बत्ती महानगरका चार वटा रुटको सडकमा ६ सय ७९ वटा स्मार्ट सडक बत्ती जडान, रिङ रोडको ५ स्थानमा इन्टरसेक्सन फ्लाइओभर र पुल्चोक कुपण्डोल फ्लाइओभरको पूर्व सम्भाव्यता अध्ययन सम्पन्न भएको बताउनु भयो ।

त्यस्तै महानगर भित्रका अमूर्त सम्पदा निर्माणको काम प्रमुख प्राथमिकतामा राखेर आर्थिक अभावमा ऐतिहासिक, धार्मिक, सास्कृतिक महत्व बोकेका जात्रा, पर्वका अमूर्त सम्पदा लोप हुन नदिन महानगरले १० लाखसम्मको अक्षय कोष बनाएर काम अगाडि बढाएको बताउनु भयो ।

त्यस्तै नगरभित्र सिसिटिभि जडान, ८१ हजार घरघुरीलाई सडक संजालमा आधारित घर नम्बर वितरण गरिएको बताउनु भयो । मेयर महर्जनले पाँच वर्ष कार्यकालमा गरेको प्रगति विवरणमा सडक बत्ती जडान देखि खेलाडीहरुलाई सम्मापन गरेको समेत समावेश गर्नु भएको छ ।  

Categorized in स्थानीय