शीर्ष स्थानमा रियललाई १२ अंकको अग्रता
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ चैत्र २७, आइतबार

स्पेनिस ला लिगाको शीर्ष स्थानमा रियल म्याड्रिडले १२ अंकको अग्रता लिएको छ ।
शनिबार राति भएको खेलमा रियलले गेटाफेलाई २–० गोलले हराउँदै १२ अंकको अग्रता लिएको हो ।
खेलको ३८ औं मिनेटमा कासिमिरोले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । कासिमिरो र लुकास भास्क्वेजले एक एक गोल गरे ।
६८ औं मिनेटमा लुकासले गोल गर्दै रियललाई २–० को जित दिलाए ।
यो जितसँगै रियलले ३१ खेलमा ७२ अंक जोड्डै शीर्ष स्थानमा बलियो बनेको छ । यस्तै गेटाफे ३२ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।
Categorized in स्पाेर्ट्स