arin enterprises

पूनरागमन जितसँगै बार्सिलोना दोस्रो स्थानमा उक्लियो

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ चैत्र २८, सोमबार

स्पेनिस लालिगामा बार्सिलोनाले पूनरागमन जित हात पारेको छ।

आइतबार राति भएको खेलमा बार्सिलोनाले लेभान्टेमाथि ३–२ को रोमाञ्चक पूनरागमन जित निकालेको हो ।

भ्यालेन्सियामा भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिँदा सबै पाँच गोल दोस्रो हाफमा सम्भव भयो ।

प्रतिस्पर्धात्मक खेलको ५२औं मिनेटमा जोस लुइस मोरालेसले पेनाल्टी मार्फत गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

डि बक्समा ड्यानी आल्भेसले सनलाई फउल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै लेभान्टेलाई पेनाल्टी दिएका थिए।

५६ औं मिनेटमा लेभान्टेले अर्को पेनाल्टी पायो । रोजरको प्रहार बार्सलोनाका गोलरक्षक मार्क आन्दर टेर स्टेगनले बचाएपछि घरेलु टोलीले अग्रता दोब्बर पार्ने मौका गुमायो।

५९औं मिनेटमा पिएरे इमरिक औवामियाङले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काए ।

६३ औं मिनेटमा पाब्लो गाभीको पासमा पेड्रीले गोल गर्दा बार्सिलोनाले २–१ को अग्रता लियो ।

खेलको ८३ औं मिनेटमा गोन्जालो मेलेरोले पूनः पेनाल्टीबाटै गोल गर्दै पुनः खेललाई २–२ गोलको बराबरीमा ल्याए । ड्यानिल गोमेजलाई क्लेमेन्ट लेङ्लेटले फउल गरेपछि रेफ्रीले घरेलु टोली लेभान्टेलाई  पेनाल्टीको दिएको थियो ।

लुक डि जोङले खेलको इन्ज्युरी समयको अन्तिम मिनेटमा गोल गर्दै बार्सिलोनालाई उत्कृष्ट पुनरागमन जित दिलाए।

यो जितसँगै ३० खेलबाट ६० अंक जोड्डै बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ ।

सेभियाको समान ३० अंक नै रहे पनि गोल अन्तरमा पछि पर्दै तेस्रो स्थानमा झरेको छ ।

पराजित लेभान्टे २२ अंक जोडेर १९ औं स्थानमा रहेको छ भने शीर्ष स्थानको रियल म्याड्रिडको ३१ खेलबाट ७२ अंक छ।

Categorized in स्पाेर्ट्स