arin enterprises

अमेरिका पहिलोपटक विश्वकपमा छनौट, नेपालको सम्भावना कति ?

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ चैत्र २८, सोमबार

संयुक्त राष्ट्र अमेरिका पहिलो पटकआइसिसी टी–२० विश्वकपमा छनौट भएको छ ।

हाल आइसिसी टी–२० विश्व वरीयतामा २८औं स्थानमा रहेको अमेरिका आयोजकको रूपमा पहिलो पटक टी–२० विश्वकपमा छनौट भएको छ ।

सन् २०२४को टी–२० विश्वकप अमेरिका र वेस्ट इन्डिजलेसंयुक्तरूपमा आयोजना गर्दैछ । यी दुई देश आयोजकको हैसियतमा छनौट भएको हो ।

पहिलोपटक उत्तर अमेरिका क्षेत्रमा हुन लागेको टी–२० विश्वकपमा पहिलोपटक २० टिमले सभागिता जाउँदैछन् ।

सन् २०२४ देखि आईसीसीले टी–ट्वान्टी विश्वकपमा ४ टोली थप गर्दै २० राष्ट्रको सहभागिता सुनिस्चित गरेको हो ।

आइतबार बसेको आइसिसीको बोर्ड बैठकले १२ टिम विश्वकपमा सिधै पुग्ने ८ टिमले भने क्षेत्रीय छनोट चरणमा पार गर्नुपर्ने निर्णय गरेको छ ।

निर्णयअनुसार सन् २०२२ मा अष्ट्रेलियामा हुने टी–ट्वान्टी विश्वकपमा शीर्ष ८ स्थानमा रहने टोलीले स्वतः सन् २०२४ को विश्वकपमा स्थान पक्का गर्ने छन् । त्यस बाहेकका राष्ट्र जो नोभेम्बर १४ को टी–ट्वान्टी वरीयतामा अगाडी हुने छ त्यो दुई वा तीन राष्ट्र सन् २०२४ को विश्वकपको लागि छनौट हुनेछ ।

यदि आयोजक रहेको वेस्ट इन्डिजले आगामी नोभेम्बरमा सकिने टी–२० विश्वकपको शीर्ष ८ मा स्थान बनाए आइसिसी विश्व वरीयताको आधारमा ३ टिम टी–२० विश्वकप २०२४ मा पुग्नेछन् । वेस्ट इन्डिज शीर्ष आठमा नपुगे विश्व वरीयताबाट २ टिममात्र छनोट हुनेछन् ।

यसरी आयोजक सहित १२ राष्ट्र सन् २०२४ को टी–ट्वान्टी विश्वकपको लागि छनौट प्रतियोगिता नखेली आफ्नो स्थान सुरक्षित गर्न सक्ने छन् ।

बाँकी ८ राष्ट्रले आफ्नो क्षेत्रका राष्ट्रसँग क्षेत्रिय छनोट खेलेर विश्वकपको लागि स्थान बनाउनु पर्ने छ ।

हाल नेपाल विश्व वरीयताको १२औं स्थानमा भएको कारण नेपाल विश्वकपमा सिधा छनौट हुने केही सम्भावना भने देखिन्छ ।

वरीयताका आधारमा नेपालभन्दा अघि रहेका ११ टिम मध्ये आठ टिम अस्ट्रेलियामा हुने विश्वकपमा शीर्ष आठमा परे नेपाल सिधा छनौट हुनेदेखिन्छ । त्यसको लागि नेपालले अहिलेको १२औं वरीयतालाई कामय राख्नु पर्नेछ ।

हालको वरीयतामा नेपालभन्दा तल युएई, स्कटल्यान्ड, आयरल्यान्ड जस्ता बलिया राष्ट्रहरु छन् ।

यदि अहिलेको वरीयतामा नेपालभन्दा पछि रहेका टिम शीर्ष आठमा परेको अवस्थामा भने नेपालको सम्भावना सकिन सक्छ ।

नेपालले आफ्नो वरीयतालाई बढाउन आगामी दिनमा बढीभन्दा बढी टी–२० अन्तर्राष्ट्रिय मान्यताप्राप्त खेलमा जित हात पार्नु पर्नेछ ।

वरीयताको आधारमा टी–२० विश्वकपमा छनौट हुन नसके नेपालले क्षेत्रीय छनौट खेल्नु पर्नेछ । जसमा नेपाल एसियाको क्षेत्रीय छनौट खेलेमा शीर्ष दुईमा पर्नुपर्ने हुन्छ ।

क्षत्रिय छनौटबाट अफ्रिका, एसिया र युरोप क्षेत्रबाट दुई–दुई राष्ट्रले विश्वकपमा स्थान पाउने छन् भने अमेरिका र पूर्वी एसिया प्यासिफिकबाटा एक–एक राष्ट्रले स्थान बनाउने छन् ।

सन् २०१४ मा विश्वकप छनौट पार गरेरे पहिलो पटक विश्वकप खेलेको नेपाल त्यसयता भने छनौटमा असफल हुँदै आएको छ।

गत महिना २०२२ को विश्वकपका लागि भएको विश्व छनौटमा नेपाल सेमिफाइनलमा युएईसँग पराजित हुँदा विश्वकपमा पुग्न असफल भएको थियो।

सो खेलमा जित हात पारेको भए नेपालले दोस्रो पटक टी–२० विश्वकप खेल्ने थियो ।

Categorized in स्पाेर्ट्स