नयाँ वर्षको अवसरमा “दरवारमार्ग महोत्सव” हुने
SamacharDesk | २०७९ बैशाख १, बिहिबार

नेपाली नयाँ वर्ष २०७९ को अवसरमा वैशाख ३ गते, शनिवार काठमाडौंको दरवारमार्गमा १५ औं दरवारमार्ग महोत्सव हुने भएको छ ।
महोत्सवमा लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योग पुनरूत्थानका लागि सहकार्यः ‘स्थानिय उत्पादन तथा आन्तरिक पर्यटन प्रवद्र्धन’ भन्ने मूल नारा सहित यो महोत्सव आयोजना हुन लागेको छ ।
महोत्सव नेपाल उद्योग वाणिज्य महासंघ, महासंघको सदस्य रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेबान) र दरवारमार्ग विकास बोर्डले एनसेलसंग महासंघको विषेश सहकार्य र मुख्य प्रायोजनमा यो महोत्सव आयोजना हुन लागेको हो ।
आन्तरिक पर्यटनलाई प्रवद्र्धन गरि देशको पर्यटन विकासमा टेवा पु¥याउने र नेपाली उत्पादन, नेपाली परिकार र नेपाली संस्कृतिको प्रवद्र्धन गर्ने महोत्सवको मुल उद्देश्य रहेको जनाएको छ ।
सातै प्रदेशको संस्कृति झल्कने विभिन्न जातजातिका कला संस्कृतिहरूको प्रस्तुतीका साथ महोत्सवको औपचारिक शुुभारम्भ शनिवार हुनेछ । गीतसंगीतका साथै विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरू र महोत्सव आयोजना हुने क्षेत्रमा विविध रमाइला गतिविधिहका सहित यो महोत्सव बेलुका ८ः१५ बजेसम्म आयोजना गरिनेछ ।
चर्चित गायकगायिका, कलाकार तथा सांगितिक समुहहरूको प्रस्तुति, विभिन्न नेपाली खानाका परिकारहरु र स्वदेशी उत्पादनहरुको विषेश प्रदर्शन÷प्रस्तुतिका स्टलहरु, बालबालिकाका लागि छुट्टै किडस् जोन महोत्सवको विषेश आकर्षणहरु हुन् ।
महोत्सवमा दिपक बज्राचार्य, कबवेब, समृद्धि राई वीथ व्याण्ड, सुवानी मोक्तान, शास्त्रीय सांगीतिक समूह सुरसुधा लगायत अन्य कलाकार तथा समुहहरु जस्तै एभरेष्ट क्रु, महेश काफ्ले, र भेकले आ–आफ्ना प्रस्तुतिहरू दिनेछन् ।
साथै मोटिभेसनल स्पिकर र ब्लाइन्ड रक्स संस्थाकी सृष्टि केसी र कमेडियन भरतमणि पौडेल एण्ड सुमन कोइरालाको प्रस्तुतीहरु रहनेछन् ।
महोत्सवमा शारिरीक रुपमा भिन्न क्षमता भएका उद्यमीहरुले उत्पादन गरेका हस्तकलाका वस्तुहरु पनि प्रदर्शनीमा राखिने छन् ।
त्यसैगरी महोत्सवमा महिला उद्यमी सहित हस्तकला उद्यमीहरुबाट उत्पादित वस्तुहरुका उत्पादन पनि प्रर्दशनीमा रहने छन् । महोत्सव स्थलमा ६० वटा स्टल रहनेछन् ।
Categorized in बिजनेस