arin enterprises

संर्घषपूर्ण जितपछि म्यानसिटी सेमिफाइनलमा

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ बैशाख १, बिहिबार

इंग्लिस क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको क्वार्टरफाइनलको दोस्रो लेगमा एट्लेटीको म्याड्रिडसँग गोलरहित बराबरी खेलेर समग्रमा १–० को जित निकाल्दै सिटी सेमिफाइनलमा पुगेको हो ।पहिलो लेगमा निकालेको १–० को जित नै सिटीलाई सेमिफाइनल पुग्न पर्याप्त रह्यो ।

एट्लेटीकोको मैदानमा भएको दोस्रो लेगमा बुधबार राती दुबै टोलीले दुबै टोलीले पाएका केही राम्रा अवसर खेर फाल्दा खेल गोलरहित बराबरीमा सकियो ।

खेलको इन्ज्युरी समयमा फिलिपेले दोहोरो पहेलो कार्ड पाउँदै मैदान बाहिरिन्दा घरेलु टोली एट्लेटिकोको १० खेलाडीमा समेटिएको थियो। यद्यपि सिटीले यसको फाइदा उठाउन सकेन।

अब सिटीले सेमिफाइनलमा रियल म्याड्रिडको सामना गर्नेछ।

Categorized in स्पाेर्ट्स