रोजिरोटी नै संकटमा पर्न गएको भन्दै सुनचाँदी व्यवसायीको ध्यानाकर्षण
SamacharDesk | २०७९ बैशाख ५, सोमबार

सुनचाँदीको आपूर्ति ठप्प भएपछि त्यसको बैकल्पिक ब्यवस्था मिलाउन सुनचाँदी क्षेत्रका तीन महासंघले सरकारसँग सामुहिक आग्रह गरेका हुन् ।
उनीहरुले आपूर्तिको बैकल्पिक ब्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् । अत्यावश्यक वस्तुबाहेक अन्य वस्तुहरुको एलसी नखोल्ने बैंकहरुको गत साताको निर्णयसँगै बजारमा सुनचाँदीको आपूर्ति ठप्प भएको छ ।
महासंघका अध्यक्ष माणिकरत्न शाक्यले आपूर्ति नहुँदा यस क्षेत्रमा आवद्ध २० औं हजार ब्यवसायी तथा लाखौं कालिगढको रोजिरोटी नै संकटमा पर्न गएको तथा आम उपभोक्ताको अधिकार कुण्ठित भएको भन्दै आपूर्तिको विकल्प खोज्न सरकारसँग आग्रह गरेका हुन् ।
विदेशी मुद्राको संचिती घटेको अहिलेको अवस्थामा बैंकहरुवाट ल्याइने सुनको आपूर्ति रोकिए पनि बजारलाई सुचालु राख्न बैकल्पिक ब्यवस्थाको खाँचो औंल्याउनुभयो । बिदेशी मुद्रा सञ्चितिमा प्रभाव नपर्ने गरी आन्तरिक स्रोत र अन्य बैकिल्पिक ब्यवस्था अवलम्वन गरी अहिलेको गर्जो टार्न सकिने उहाँको भनाई छ ।
नेपाल हस्तकला ब्यवसायी महासंघका अध्यक्ष प्रचण्ड शाक्यले कच्चा पदार्थको आपूर्ति रोकिँदा चौतर्फी समस्या आएको गुनासो गर्नुभयो ।
Categorized in बिजनेस