arin enterprises

एफए कपको फाइनलमा चेल्सी र लिभरपुल भिड्ने

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ बैशाख ५, सोमबार

 एफए कपको फाइनलमा चेल्सी र लिभरपुलबीच प्रतिस्पर्धा हुने भएको छ ।

आइतबार राति भएको दोस्रो सेमिफाइनलमा क्रिस्टल प्यालेसलाई २–० ले पराजित गर्दै चेल्सीले लिभरपुलसँग खेल्ने भएको हो ।

चेल्सीलाई जिताउन ६५ औं मिनेटमा रुबेन लोफटसले पहिलो गोल गर्दै अग्रता दिलाए । ७६ औं मिनेटमा मासन माउन्टले चेल्सीको अग्रता दोब्बर पारे ।

यो सहित चेल्सी लगातार तेस्रो पटक एएफ कपको फाइनलमा पुगेको हो ।

पछिल्ला दुई संस्करणको फाइनलमा चेल्सीलाई आर्सनल र लेस्टरले पराजित गरेका थिए ।

Categorized in स्पाेर्ट्स