arin enterprises

गर्भनर अधिकारी काममा फर्किए

SamacharDesk | २०७९ बैशाख ७, बुधबार

निलम्बनमा परेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बुधबारदेखि काममा फर्किएका छन् । सर्वोच्च अदालतले मन्त्रिपरिषद्को चैत २४ को निर्णय तत्काल कार्यान्वयन नगर्न मंगलबार आदेश दिएपछि अधिकारी बुधबारदेखि फेरि काममा फर्किएका हुन्।

काममा फर्किएपछि उनले सरकारले संस्थाविरुद्ध आक्रमण गरेकाले आदलत जान बाध्य भएको बताए । ‘अदालतले अन्तिम फैसलामा पनि न्याय दिनेमा विश्वस्त छु’ उनले भने

मंगलबार न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले गभर्नर अधिकारीको निलम्बन फुकुवा गर्दै बुधबारदेखि काममा फर्कन अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।

यो आदेशसँगै गभर्नर अधिकारीमाथि छानबिन गर्न सरकारले बनाएको समिति तत्कालका लागि अर्थहीन बन्न पुगेको छ। सर्वोच्च अदालतको यो निर्णय अन्तिम भने होइन।

सर्वोच्चले प्रारम्भिक सुनुवाइ गर्दै गभर्नर अधिकारीमाथि छानबिन समिति गठन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न नगराउन एक साताका लागि आदेश गरेको हो।

Categorized in राष्ट्रिय