arin enterprises

डब्ल्युएचओका महानिर्देशक टेड्रोसले नेपाल भ्रमण गर्ने

SamacharDesk | २०७९ बैशाख ७, बुधबार

विश्व स्वास्थ्य संगठन डब्ल्युएचओका महानिर्देशक टेड्रोस एडहानोम ग्रेबेसस तीन दिने भ्रमणका लागि भोलि नेपाल आउने भएको छ ।

उहाँ सद्भाव भ्रमणका सिलसिलामा नेपाल भ्रमणमा आउन लाग्नु भएको हो । ग्रेबेससले नेपाल भ्रमणमा क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का लगायतसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

टेड्रोसले भोली नै स्वास्थ्य मन्त्री बिरोध खतिवडा, परराष्ट्रमन्त्री नारायण खड्कालाई भेट्नुहुनेछ भने सोही दिन राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई पनि भेट्नुहुनेछ ।

नेपाल भ्रमणका क्रममा उहाँले हनुमान ढोका दरबार स्वाक्यर, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, पाटन हाइस्कुल, र टाइफाइड खोप कार्यक्रमका बारेमा समेत जानकारी लिनुहुने कार्यक्रम तय भएको छ ।

महानिर्देशको टोली शनिबार बिहान फर्कने पराराष्ट्र मन्त्रालयले जनाएको छ ।

Categorized in राष्ट्रिय