मेलम्चीको पानी वैशाख ११ गतेदेखि उपत्यकामा
SamacharDesk | २०७९ बैशाख ७, बुधबार

मेलम्चीको पानी वैशाख ११ गतेदेखि काठमाडौं उपत्यकावासीको धारामा आउने भएको छ ।
खानेपानी मन्त्री उमाकान्त चौधरीले पानी प्रशोधनलगायत तयारीका काम गर्न मेलम्ची आयोजनासहित सरोकारवाला निकायलाई निर्देशन दिनुभएको थियो ।
मेलम्चीको मुहानबाट गत चैत ३० गते सुरुङमा हालिएको पानी गएराति सुन्दरीजलमा आइपुगेसँगै मन्त्री चौधरीले सरोकारवाला निकायका अधिकारीलाई समयमै पानी उपलब्ध गराउन निर्देशन दिनुभएको थियो ।
गत असार १ र साउन १७ गते आएको लेदोसहितको बाढीले आयोजनालाई ठूलो क्षति पुर्याएपछि आयोजना बन्द भएको थियो ।
गत चैतको अन्तिममा खानेपानी मन्त्री चौधरीले अम्बाथानमा पानी पथान्तरनको उद्घाटन गरेपश्चात पानी सुरुङमा पठाएको थियो ।
सुरुङमा पठाएको पानी सुन्दरी जलमा रहेको प्रशोधन केन्द्रमा प्रशोधित गरेपछि वैशाखको पहिलो साताबाट उपत्यकामा वितरण गर्ने मन्त्रीको प्रतिबद्धता अनुरुप उहाँको निर्देशनमा वैशाख ११ गतेबाट उपत्यकावासीहरुले फेरि पानी खाने अवसर मिलेको हो ।
मुहानबाट २६० लिटर प्रतिसेकेण्डका दरले सुरुङमा हालिएको पानी सोमबार राति पौने १० बजे सुन्दरीजल आइपुगेको थियो । सुरुङ पूरा भरिन दुई दिन लाग्नेछ । भरिएपछि प्रशोधन केन्द्रमा ल्याई प्रशोधन गरी मेलम्चीको पानी वितरण गर्ने तयारी गरिएको छ ।
Categorized in राष्ट्रिय