arin enterprises

म्यानयुलाई हराउँदै लिभरपुल शीर्ष स्थानमा

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ बैशाख ७, बुधबार

इंग्लिस प्रिमियर लिगमा लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ ।

मंगलबार राति भएको खेलमा लिभरपुलले म्यानचेस्टर युनाईटेडलाई ४–० गोलले हराउँदै शीर्ष स्थानमा उक्लिएको हो ।

घरेलु मैदानमा लुइस डियाजले पाँचौं मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । २२ औं मिनेटमा मोहमद सलाहले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

खेलको ६८ औं मिनेटमा साडियो मानेले गोल गर्दै टोलीको अग्रता ३–० को बन्यो । त्यसपछि खेलको ८५ औं मिनेटमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ४–० को जित दिलाए ।

यो जितसँगै लिभरपुलले ३२ खेल ७६ अंक जोड्डै शीर्ष स्थान उक्लिएको छ । एक खेलकम खेलेको सिटि ७४ अंक सहित दोस्रो स्थानमा छ ।

यस्तै म्यानयु ५४ अंक जोडेर छैटौं स्थान रहेको छ ।

Categorized in स्पाेर्ट्स