प्रदर्शन चर्केपछि श्रीलंकमा कफ्र्यूू आदेश
SamacharDesk | २०७९ बैशाख ७, बुधबार

आर्थिक संकटमा फसेको श्रीलंकामा प्रदर्शन चर्केपछि श्रीलङ्काको रामबुक्कानामा बुधबार कर्फ्यु लगाइएको छ । मूल्यवृद्धि र इन्धन अभावको विरुद्धमा भएको प्रर्दशनका क्रममा प्रहरीको गोली लागि एक जनाको मृत्यु भएपछि कर्फ्यु लगाएको छ ।
घटनामा ११ प्रदर्शनकारी घाइते भएका छन् । आन्दोलन थप चर्किने देखिएकाले सरकारले शान्ति सुरक्षा कायम गर्न भन्दै कर्फ्यु लागाउनु परेको जनाएको छ । घटनाका बारेमा निश्पक्ष छानविन गरी सत्य तथ्य पत्ता लगाइ दोषीलाई कारबाही गरिने सरकारी अधिकारीहरुले प्रतिबद्धता जनाएका छन् ।
अप्रिल महिनादेखि जारी सरकारविरुद्ध प्रदर्शन नियन्त्रण बाहिर जान थालेपछि प्रहरीले बल प्रयोग गरेको हो । श्रीलंकाको रामबुकाना शहरमा भेला भएका दशौं हजार प्रदर्शनकारीले राष्ट्रपति गोटाबाया राजापाक्षेको राजीनामा माग गर्नुका साथै ठाउँ ठाउँमा आगजनी गरी सडक अवरुद्ध गरेका छन् ।
प्रहरीले स्थिति नियन्त्रणमा लिन गोली प्रहार गरेको बताइएको छ । प्रदर्शनकारीले पनि प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । आर्थिक संकटका बीच श्रीलंकामा गत सोमबार नयाँ मन्त्रीमण्डल गठन भएपछि आक्रोशित बनेका प्रदर्शनकारीले राष्ट्रपतिले राजीनामा नदिएसम्म प्रदर्शन जारी राख्ने बताएका छन् ।
श्रीलंकामा चुलिएको आर्थिक संकटका कारण हाल ६५ प्रतिशत नागरिकको जनजीवन प्रभावित भएको छ ।
Categorized in अन्तर्राष्ट्रिय