रियल ला लिगा उपाधि नजिक
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ बैशाख ८, बिहिबार

रियल म्याड्रिडले यो सिजनको स्पेनिस ला लिगा उपाधि नजिक पुगेको छ ।
बुधबार राति भएको खेलमा ओसासुनालाई ३–१ गोलले हराउँदै रियल उपाधि नजिक पुगेको हो ।
ओसासुनाको घरेलु मैदानमा भएको खेलको १२ औं मिनेटमा डेभिड अलाबाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।
१३ औं मिनेटमा ओसासुनाका एन्ट बुडीमिरले गोल गदै खेल १–१ गोलको बराबरीमा ल्याए ।
मार्को एसेन्सियोले ४५ औं मिनेटमा गोल गरेपछि रियल २–१ ले अघि रह्यो ।
खेलको ५२ औं र ५९ औं मिनेटमा रियलका करिम बेन्जिमा पेनाल्टीमा गोल गर्न चुक्दा रियलले अग्रता बढाउने मौका गुमायो ।
इन्जुरी समयमा लुकास भास्क्वेजले गोल गर्दै रियललाई ३–१ को जित दिलाए ।
यो जितसँगै ३३ खेलमा ७८ अंक जोड्डै रियल शीर्ष स्थानमा छ । रियललाई अब उपाधि जित्न ४ अंकको आवश्यकता रहेको छ ।
ओसासुना ४४ अंक जोडेर नवौं स्थानमा रहेको छ ।
Categorized in स्पाेर्ट्स