arin enterprises

नेकपा एमालेले आज घोषणापत्र सार्वजनिक गर्ने

SamacharDesk | २०७९ बैशाख ९, शुक्रबार

७४औं पार्टी स्थापना दिवसको अवसर पारेर प्रमुख प्रतिपक्षी नेकपा एमालेले आज स्थानीय चुनावको घोषणा पत्र सार्वजनिक गर्ने भएको छ ।

ललितपुरको च्यासलस्थित तुल्सीलाला अमात्य स्मृति भवनबाट घोषणापत्र सार्वजनिक गरिने तयारी भइरहेको छ । एमाले महानगरहरु र उपमहानगरहरुका उम्मेदवारको सूचि भने भोलि मात्रै सार्वजनिक गर्ने भएको छ ।

एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीले यसअघि नै घोषणापत्र सार्वजनिक गरिसकेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीले पनि घोषणापत्र ल्याईसकेका छन् ।

सत्ताका प्रमुख साझेदार नेपाली कांग्रेस र माओवादी केन्द्रले भने घोषणापत्र ल्याएका छैनन् ।

Categorized in राजनीति