arin enterprises

पेप्सीको नयाँ स्वाएगसहितको प्रचार

SamacharDesk | २०७९ बैशाख १०, शनिबार

यो गर्मीमा पेप्सीले नेपालका युवाहरुलाई आफ्नो नयाँ प्रचार अभियान जसले ब्राण्डको स्वाएग दर्शनलाई पुनः दर्शाउँछ, त्यसको साथमा प्रेरित गर्न सम्पूर्ण तयारी गरेको छ ।

पेय पदार्थ ब्राण्डले सुपरस्टार तथा ब्राण्ड सद्भावदूत प्रदीप खड्का अभिनित एक बहुरङ्गी टिभिसि विज्ञापन अनावरण गरेको छ, जुन विज्ञापनले पेप्सीको पहिचान स्वाएगका साथमा प्रदीप खड्काको रमाइलो पक्ष र चतु¥याईंलाई प्रस्तुत गरेको छ ।

विज्ञापन शुभारम्भको अवसरमा आफ्नो मन्तव्य राख्दै पेप्सीको नेपाल क्षेत्रको सिनियर मार्केटिङ्ग डाइरेक्टर नसीब पुरिले भन्नुभयो पेप्सी सधैं नै युवा पुस्ताहरुको रोजाई बन्दै आएको छ र नेपालमाअत्यन्त रुचाइएको कोला पेयहरु मध्येको एक हो । पेप्सीद्वारा शुरु गरिएको यस गर्मी मौसमको प्रचार अभियानले युवाहरुको स्वाएगलाई प्रतिबिम्बितगर्दछ । प्रदीपको उपस्थिति र उनको स्वाभाविक अभिनयले विज्ञापनको उचाई बढाएको छ, र आजका पुस्ताको आत्मविश्वास झल्काउने यो प्रचार अभियान सबैलाई मनपर्नेछ भन्नेमा हामी विश्वस्त छौं ।

प्रचार अभियानको बारे माआफ्नो धारणा राख्दै ब्राण्ड एम्बेसेडर प्रदीप खड्काले भन्नु भयो “पेप्सीको स्वाएगदर्शन मसंग सधैं नै प्रतिध्वनित हुने गरेको छ । ब्राण्डको कठोर अवस्थाले यसलाई आजका युवाहरुसंग अत्यन्त सान्दर्भिक बनाइदिएको छ । यो विज्ञापनको सार नै तिमी को हौ र तिमीले के गर्न सक्छौं भनेर निर्भीकता देखाउने हो । म निर्धक्क छु कि मेरा प्रशँसकहरुले यो नयाँ विज्ञापनलाई पनिमाया गर्नु हुनेछ र चिस्सो, रिफ्रेसिङ्ग पेप्सीको साथमायसको मज्जालिनु हुनेछ ।”

युवा नयाँ पेप्सी टिभिसि टिभि, डिजिटल, आउटडोर र सोसल मिडियामार्फत् व्यापक रुपमा देखाइनेछ । पेप्सी नेपालका सबै आधुनिक डिपार्टमेन्टल स्टोरहरु तथा परम्परागत पसलहरुका अलावा इ–कमर्स प्लेटफर्महरुमा सबेत एकजनालाई र धेरैजनालाई पुग्ने प्याकहरुमा उपलब्ध छ ।

Categorized in बिजनेस