मनोनयन दर्ता आज साँझ ५ बजेसम्म
SamacharDesk | २०७९ बैशाख १२, सोमबार

स्थानीय तह निर्वाचनका लागि आज पनि उम्मेदवारी दर्ता हुँदैछ । आज विहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ता गर्नेछ ।
आज मनोनयन दर्ता गर्ने अन्तिम दिन प्रमुख राजनीतिक दलहरुले महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरको आज मात्रै उम्मेदवारी दर्ता गर्ने भएको छ ।प्रमुख दलहरु कसैले पनि हिजो दर्ता गरेका छैनन् भने नेपाली कांग्रेसले उम्मेदवारको टुंगोसम्म लगाउन नसक्दा सम्पूर्ण अधिकार शेरबहादुर देउवालाई दिएको छ ।
स्थानीय तह निर्वाचनका लागि आइतबार साँझसम्म देशभर १० हजार ५३३ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडैलका अनुसार पालिका अध्यक्ष र प्रमुखमा ९८७, उपाध्यक्ष र उपप्रमुखमा ५०८ जनाको उम्मेदवारी परेको छ । वडाध्यक्षमा २९२१, वडा सदस्यमा ३३३८, महिला सदस्यमा १५७६, दलित महिला सदस्यमा १२०३ जनाको उम्मेदवारी परेको प्रवक्ता पौडेलले जानकारी दिनुभयो । उम्मेदवारी दिनेमध्ये ३५०६ जना महिला छन् । आयोगले मनोनयन दर्ताका लागि सोमबार साँझ ५ बजे अन्तिम समय निर्धारण गरेको छ । स्थानयि तहको निर्वाचन वैशाख ३० गते हुँदैछ ।
Categorized in राष्ट्रिय